Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महान्यायाधिवक्ता भण्डारीले दिइन् पदबाट राजीनामा


    शुक्रबार, चैत्र १३ २०८२
    425
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिएकी छन् ।

    महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेर राजीनमा बुझाएकी हुन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भण्डारीले केहीबेर अघि राजीनामा बुझाएकी हुन् ।

    भण्डारीलाई अघिल्लो अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भदौ २९ गते महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।

    नवनियुक्त प्रधानमन्त्री शाहले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्ति र शपथ लिएका थिए । नयाँ प्रधानमन्त्री आएको र आफूलाई नियुक्त गर्ने प्रधानमन्त्री सरकारबाट बाहिरिएपछि भण्डारीले पदबाट राजीनामा दिएकी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार