Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री बालेनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई 


    शुक्रबार, चैत्र १३ २०८२
    365
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् ।

    शुक्रवार दिउँसो फेसबुकमार्फत भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई बधाई दिएका हुन् ।

    मोदीले लेखेका छन्, ‘नेपालका प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई । तपाईँको नियुक्ति नेपाली जनताले तपाईँको नेतृत्वमा राखेको विश्वासको प्रतिविम्ब हो ।’

    मोदीले बालेनसँग मिलेर नेपाल–भारत सम्बन्ध अझै उचाइमा पुर्‍याउन उत्सुक रहेको पनि बताएका छन् । ‘भारत–नेपालबीचको मित्रता र सहकार्यलाई दुवै देशका जनताको पारस्परिक हितका लागि अझ उचाइमा पुर्‍याउन तपाईँसँग नजिकबाट काम गर्न म उत्सुक छु,’ मोदीले लेखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार