Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • नवनियुक्त प्रधानमन्त्री बालेनले लिए पद तथा गोपानियाताको शपथ


    शुक्रबार, चैत्र १३ २०८२
    360
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गोपानियाताको शपथ ग्रहण गरेका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् ।

    यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

    नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।

    काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिएका शाह पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन् । झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले हराउँदै उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार