काठमाडौं । नेकपा एमाले नेपाल–खनाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली समूह २०७५ जेठ २ गतेको संगठन संरचनामा फर्किए एकता हुने बताएका छन् ।
आज भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले सर्वोच्चको फैसलाअनुसार ओली त्यसमा फर्किनु पर्ने उनले बताए । अनुकूल समयमा संसदीय दलको बैठक बोलाए सहभागी हुने पनि उनले बताए । भोलिको बैठकमा व्यस्तताका आफूहरु सहभागी हुने उनले बताए । ‘२०७५ साल जेठ २ गतेको संगठनमा फर्किन प्रधानमन्त्री तयार भए र चाहनु भए एकता हुन्छ । एकताको आधार विन्दु नै जेठ २ को संगठन हो’ उनले भने ।
आफूहरु पार्टी विभाजनको पक्षमा नभए पनि ओली समूहका नेताहरु छुट्टिएर गई दिए हुन्थ्यो भन्ने चाहेको उनले बताए । ‘कसैको चाहना त्यो छ । मैले बुझिराखेको छु । उतापट्टिका साथीहरुको चाहना यिनीहरु छुट्टिएर गए हुन्थ्यो भन्ने छ । तर हामी पार्टी विभाजन हुन दिँदैनौ’, भट्टराईले भने । ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठक नभएर गुट भेला भएको भट्टराईले बताए ।