काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विश्वभरमा बसोवास गर्ने नेपाली मूलका मानिसलाई नेपालसंग जोड्न नेपाली कांग्रेसले पहल गर्ने बताउनुभयो ।
एशोसिएसन अफ नेपाली ओरिजिन(एएनओ) का अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष बरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चूडामणि भट्टराई र बोर्ड अफ ट्रष्टी ओमराज गुरुङसहितको प्रतिनिधिमण्डलसँग बिहीबार साँझ भेट गर्दै सभापति थापाले नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणा पत्रमा नेपाली मूलका मानिसलाई समेट्ने प्रयास गरेको जानकारी पनि दिनुभयो ।
एएनकोका अध्यक्ष अधिकारीले नेपालको विकास र समृद्धिका लागि आफ्नै मूलका मानिसहरुबाट लगानी आकर्षित गर्नुपर्ने र यसका लागि नेपालले नेपाली मूल मैत्री कानून निर्माण गर्नु पर्ने भन्दै नेपाली कांग्रेसको ध्यानाकर्षण गराउनुभयो । नेपाली संस्कृतिका माध्यमबाट विश्वभरका नेपालीलाई जोड्ने अभियानमा एएनओ क्रियाशील रहेको जानकारी पनि उहाँले दिनुभयो । एएनओका उपाध्यक्ष बरिष्ठ अधिबक्ता सुशीलकुमार पन्तले नेपाली पनका माध्यमबाट विश्वभरको नेपाली मनहरु जोड्न नेपाल सरकार र दलहरुले उचित कार्यक्रमहरु ल्याउनुपर्ने धारणा राख्नुभएको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी र नेपाल लोकतान्त्रिक अपांग महासंघका अध्यक्ष माधव चम्लागाईंको समेत सहभागिता रहेको सो छलफल कार्यक्रममा एएनओले विश्वका विभिन्न क्षेत्रमा चलिरहेको युद्धका कारण ती क्षेत्रमा बसोबास गरिरहेका मानिसहरु जुनसुकै बेला जे पनि हुनसक्ने त्रासद् अवस्थामा भएकाले उनीहरुको सुरक्षा र उद्दारका लागि विपक्षी दलको हैसियतले नेपाली कांग्रेसले पहल गर्न ध्यानाकर्षणसमेत गरेको छ ।
एएनओले सभापति थापालाई दिएको ध्यानाकर्षण पत्रमा लाखौं लाखको संख्यामा रहेका उनीहरुको उद्धार र उचित रोजगारीको व्यवस्थाका लागि सशक्त आवाज उठाइदिन आग्रह गर्दै युक्रेन र रुसका बीच चलिरहेको युद्धमा दुबै पक्षका सेनामा भर्ति भएका नेपालीको तत्काल पहिचान गरी उनीहरुलाई स्वदेश फर्काउन गम्भीर कुटनैतिक प्रयास आवश्यक रहेकोतर्फ सशक्त आवाज उठ्नु जारुरी भएकोले गम्भीर हुन आग्रह गरिएको छ ।
पत्रमा भनिएको छ, “यसमा सभापतिज्यू र नेपाली कांग्रेसले उचित कदम चाल्नेछ भन्ने विश्वास लिएका छौं । साथै उनीहरुको उचित रोजगारीको व्यवस्था गर्ने चुनौतीपूर्ण कार्यमा समेत सशक्त आवाज उठाउनु जरुरी भएकोतर्फ सभापतिज्यूको ध्यानाकर्षण गराउन चाहान्छौं ।”
।
एएनओले विभिन्न देशमा बसोबास गरिरहेका नेपाली मुलका, नेपालीभाषीहरुका लागि गैरआवासीय नेपालीसम्बन्धी नेपालको व्यवस्थाले समेट्न असमर्थ रहेको विद्यमान अवस्थामा संसारभर छरिएर रहेका नेपालीमूलका, नेपाली जातिका नेपालीहरुको बौद्धिक, आर्थिक, सामाजिक क्षमतालाई नेपालीको पहिचानसहित नेपालसंग सामाजिक, आर्थिक र सांस्कृतिकरुपले जोड्नु अहिलेको आवश्यकता रहेकोतर्फ ध्यानकर्षण गराएको एएनओका महासचिव चूडामणि भट्टराईले जानकारी दिनुभयो ।
एसोसिएसन अफ नेपाली ओरिजिन(एएनओ) नेपाली मूलका मानिसहरुको एक साझा अभियानका रुपमा शुरु भएको छ । यही अभियानलाई अघि बढाउन गत मार्च २०२४ मा अमेरिका निवासी समाजसेवी श्री डिल्लीराम अधिकारीको अध्यक्षतामा २७ देशका नेपालीहरु थाइल्याण्डको राजधानी बैंककमा भेला भई केन्द्रीय कमिटी गठन गरेयता विभिन्न ७ मुलुकहरुमा राष्ट्रिय कमिटीसमेत बनिसकेका छन् ।
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend