काठमाडौं । नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो संसदीय कार्यकालको प्राथमिकता शिक्षा क्षेत्रको सुधार रहेको बताएका छन् । सांसदको शपथ ग्रहणका लागि सिंहदरबार पुगेका पुनले सञ्चारकर्मीसँग कुरा गर्दै शिक्षामा व्याप्त राजनीतिकरण अन्त्य गर्नु नै आफ्नो प्रमुख एजेन्डा रहेको बताए ।
‘गर्नुपर्ने काम त टन्नै छन्, भनिसाध्य छैन,’ उनले भने, ‘तर खासगरी शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ ।’
उनले आफू पहिलेदेखि नै जिन्दगीमा जे आइपर्छ, त्यही गर्ने र आइपरेका चुनौतीबाट पछि नहट्ने स्वभावको रहेको उल्लेख गरे । भविष्यमा आफ्नो भूमिका कस्तो हुन्छ र कसरी अगाडि बढ्नुपर्छ भन्नेबारे अहिले नै ठोकुवा गर्न नसकिने उनको भनाइ छ।
‘भविष्यको कुरा कसैलाई थाहा हुँदैन, सायद भगवानलाई मात्र थाहा हुन्छ होला,’उनले भने, ‘त्यसैले अहिल्यै म यसो गर्छु, उसो गर्छु भनेर ठुला कुरा गर्नुको अर्थ छैन ।’
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend