Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • सांसद सुहाङ नेम्वाङ एमाले संसदीय दलको नेतृत्वका लागि तयार


    बिहिबार, चैत्र १२ २०८२
    375
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतृत्वको लागि आफू तयार रहेको बताएका छन्।

    नेम्वाङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय दलको नेताबारे पार्टी भित्र अहिलेसम्म औपचारिक छलफल नभएको जानकारी दिएका छन्। उनले भने, “हाम्रो पार्टीका वरिष्ठ नेताहरू हाल शोकमा हुनुहुन्छ, त्यसैले नेताको विषयमा कुनै निर्णय वा छलफल भएको छैन। सामाजिक सञ्जाल र अन्य माध्यममा उठिरहेका कुरा उहाँहरूको शुभेच्छा हुन्, म त्यसप्रति सम्मान राख्छु।”

    सांसद नेम्वाङले पार्टीले उनलाई संसदीय दलको नेता बनाउन अघि बढाएमा आफू पूर्ण रूपमा तयार रहने पनि स्पष्ट पारे। उनले थपे, “पार्टीले अगाडि बढाएमा म कुनै पनि बाधा वा रोकावट सिर्जना गर्ने छैन।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार