काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले आज दिउसो दुई बजे शपथ ग्रहण गर्दै छन्। जसमा नेपाली बाहेकको भाषामा शपथ लिने प्रतिनिधिसभा सदस्यहरूको संख्या ६३ पुगेको छ ।
संघीय संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेक मातृभाषामा शपथ लिन्छु भनेर इमेल र भौतिक रुपमा उपस्थित भएर जानकारी गराएका हुन् ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुँदैछ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् ।
संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन सांसदहरुलाई आग्रह गरेको छ ।
काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आयोगमा अध्यावधिक गरिएको हो। निर्वाचन आयोगका...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । थापाले नाम फिर्ता लिने जानकारी संसदीय सुनुवाइ समितिलाई गराएका थिए...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै विपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन्...
काठमाडौं। विपक्षी दलहरूको बैठकले तत्काल सङ्घीय संसद्को बैठक बोलाउन सरकारलाई आह्वान गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा बिचौलियासँग...
काठमाडौँ। नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु भएको हो। बैठकमा कांग्रेस संसदीय दलका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend