काठमाडौं । पच्चीस बर्षअघि असमान महाकाली सन्धि गरी भारतबाट ठगिएको थियो नेपाल । महाकाली सन्धिपछि ठगिएको नेपालको जमिन अझै भारतले हडपिरहेको छ ।
२०७० सालमा बाढी आएपछि महाकाली नदीले धार परिवर्तन गरी नेपाली भूमि काली पश्चिम परेपछि त्यो भूमि कब्जा गर्न भारतले तटबन्ध निर्माण गरिरहेको छ । महाकालीले धार परिवर्तन गरेपछि पुसदेखि तटबन्ध निर्माण गर्दै आएको छ । आफूलाई राष्ट्रवादी भन्ने केपी ओली सरकारले तटबन्ध निर्माण रोक्न सकेको छैन ।