काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले बुधबार पेट्रोलमा प्रतिलिटर रु. १५ र डिजल र मट्टितेलमा पनि प्रतिलिटर रु. १५ ले नै मूल्यबृद्धि गरेको जनाएको छ ।
निगमले १५ दिनअघिमात्र पेट्रोलमा १५ रुपैयाँ र डिजल र मट्टितेलमा १० रुपैयाँले बृद्धि गरेको थियो । १५ दिनपछि पुनः पेट्रोेल, डिजल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले बृद्धि गरेको छ । बृद्धि भएको मूल्य बिहीबारदेखि लागू हुने निगमले जनाएको छ ।
मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बृद्धि भई १८४ रुपैयाँ पुगेको छ भने दोस्रो वर्गका लाथिग १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ पुगेको छ ।
यस्तै डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गका लागि १४९ रुपैयाँ ५० पैसाबाट बढेर १६४ रुपैयाँ ५० पैसा पुग्दा दोस्रो वर्गका लागि १६६ रुपैयाँ र तेस्रो वर्गका लागि १६७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
बिगत एक महिनादेखि मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको निगमले बताएको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य अनुसार १५ दिन (१६ देखि ३१ मार्च सम्म) मा निगमको रु. ५ अर्व घाटा हुने निगमको भनाइ छ । पछिल्लो समयको मूल्य बृद्धिको प्रक्षेपणलाई आधार मान्दा आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने निगमको दाबी छ ।
निगमले मार्च १ देखि मार्च २४, २०२६ सम्म निगमले खरिद गर्ने पेट्रोलको मूल्यमा प्रतिलिटर रु. ७६ र डिजलमा प्रतिलिटर रु. १४३ बृद्धि भएको निगमको भनाइ छ ।
मूल्यसूची

काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
काठमाडौँ। हिजो बढेको सुनचाँदीकै भाउ आज ओरालो लागेको छ। सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा...
काठमाडौँ । नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याइएको छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend