काठमाडौं । देशकै ठूलो र पुरानो वीर अस्पतालमा स्नाकोत्तर र सो भन्दा माथिको अध्ययन अध्यापन हुन्छ । वीर अस्पतालमा दैनिक २ हजारदेखि २ हजार ५ सय जनासम्म बिरामी उपचारका लागि आउँछन् ।अस्पतालमा झन्डै १ हजार ४ सय संख्यामा कर्मचारी छन् । जसमा प्रतिष्ठान सेवाका कर्मचारी सय जना रहेका छन् भने स्वास्थ्य तथा निजामती सेवाका गरी काजमा ७ सय हाराहारीमै कार्यरत छन् । ती कर्मचारीहरुले दुई महिनादेखि तलव पाएका छैनन् ।
बिगत ८ महिनादेखि सेवा बिस्तार भत्ता र शैक्षिक भत्ता, कोभिड भत्ता, जोखिम भत्ता पाउन सकेका छैनन् । हाल निर्देशक पद रिक्त छ भने भएका पदाधिकारीले तलव खुवाउने कुनै पहलै गरेका छैनन् । कर्मचारीहरू योग्य र अस्पतालभित्रै काम गरेका चिकित्सकलाई निर्देशक बनाउनुपर्ने पक्षमा छन् ।
अस्पताललाई बुझेको र मन्त्रालयसँग समन्वय गरी अनुदान ल्याउन सक्ने, अस्पतालको सेवा सुविधा बढाउन सक्ने बिग्रिएको उपकरण मर्मत गरी संचालन गर्नसक्ने चिकित्सकलाई निर्देशक नियुक्तिका लागि उपकुलपति प्राडा डीएन साह र स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई अनुरोध गरिरहेका छन् । जसमा डा. भूपेन्द्र बस्नेत, डा दीपेन्द्र श्रेष्ठ र डा रमिला श्रेष्ठको चर्चा छ ।
अस्पतालको आम्दानी बढाउन कर्मचारीहरूले पकट पटक सेवा सुधार तथा बिस्तार, बिग्रिएको उपकरण मर्मत, नयाँ सर्जिकल भवन संचालन गर्ने माग गरे पनि हालका पदाधिकारीहरूको जुगाको लडाईले सो संचालन र मर्मत भएको छैन । तर्सथ तत्काल नयाँ निर्देशक नियुक्त गर्न कर्मचारी ले माग गर्दैआएका छन् ।