Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘खनाल-नेपालले ओलीलाई पालिस लाउँदै र मालिस गर्दै प्रधानमन्त्री बनाए, अहिले ओलीले कमारोलाई झैँ गरे’


    बुधबार, चैत्र ४ २०७७
    2.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सामाजिक सञ्जालमार्फत् सनसनीपूर्ण अभिव्यक्ति दिइरहने व्यक्ति हुन् – लेखक खगेन्द्र संग्रौला । 

    पछिल्लो समय मुलुकको राजनीतिक गतिविधिलाई नजिकबाट नियालेका संग्रौलाले आफ्नो लेखनबाट तीखो वाण हान्ने गरेका छन्। 

    यसैबीच, नेकपा एमाले भित्र आन्तरिक द्वन्द चलिरहेको बेला उनले एमालेका बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कमारोलाई झैँ धम्काएको बताएका छन् ।  

    सामाजिक सञ्जालमा ट्वीट गर्दै संग्रौलाले ओली जस्तो छुद्र, अहंकारी र असहिष्णु प्रधानमन्त्री यो देशमा कहिल्यै नभएको उल्लेख समेत गरेका छन् । 

    उनले लेखेका छन्, ‘अहो ! ओली सरले कमरेड माधव-झललाई गिज्याएको, होच्याएको र धम्काएको, मानौँ माधव-झल ओली सरका कमारा हुन् ।  यति छुद्र, अहंकारी र असहिष्णु प्रधानमन्त्री सायद यो देशमा कहिल्यै भएको थिएन । स्मरण रहोस् मान्यवर- ओली सरलाई पालिस लाउँदै र मालिस गर्दै प्रम बनाउने पराक्रमी यिनै माधव-झल हुन् ।

    aa.JPG

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार