Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल राष्ट्र बैंकका ११ निर्देशकहरुको सरुवा (सूचीसहित) 


    बुधबार, चैत्र ४ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल सरकारले गत बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकद्धय डा. निलम ढुंगाना र बमबहादुर मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेपछि रिक्त रहेको उक्त विभागमा निर्देशकलाई निमित्त तोकेर सरुवा गरिएको हो । यी सहित अन्य ९ विभागमा गरी जम्मा ११ जना निर्देशकको सरुवा गरिएको छ । सरुवा गरिएकाहरुमा नौ जना कार्यकारी निर्देशकहरु छन् भने दुई जना बरिष्ठ निर्देशकलाई विभागीय प्रमुखको जिम्मेवारी तोकिएको छ ।

    नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकलाई पुरानै प्रचलन अनुसार विभागीय प्रमुख बनाउने गरन्छि । निर्देशकद्वय दयाराम शर्मा पंगेनी र तुलसीप्रसाद घिमिरे बरिष्ठ निर्देशकलाई विभागिय प्रमुखको जिम्मेवारी तोकिएको छ ।

    आज गभर्नर महाप्रसाद अधिकरीले विभागीय प्रमुखहरुको सरुवा गरेका हुन् । आज गरिएको सरुवा अनुसार अनुसन्धान विभाग प्रमुख डा.गुणाकर भट्टलाई बैंक सुपरीवेक्षण विभाग, मुकुन्द क्षेत्रीलाई वित्त व्यवस्थापन विभाग, ऋषिकेश भट्टलाई सम्पती तथा सेवा व्यवस्थापन विभाग, प्रदीपराज पौड्याललाई विकास बैंक सुपरिवेक्षण विभाग, नरेश शाक्यलाई राष्ट्र ऋण व्यवस्थापन विभाग, रामबहादुर मानन्धरलाई बैंकिङ, सुमनकुमार अधिकारीलाई लघुवित्त संस्था सुपरीवेक्षण विभाग,  रामु पौडेललाई विदेशी विनिमय व्यवस्थापन विभाग र डा. प्रकाशकुमार श्रेष्ठलाई अनुसन्धान विभागको जिम्मेवारी तोकिएको राष्ट्र बैंक श्रोतले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार