एजेन्सी। इंग्ल्यान्डले तेस्रो टि २० खेलमा घरेलु टोली भारतलाई ८ विकेटले पराजित गरेको छ ।
योसँगै इंग्ल्यान्डले पाँच टि२० आई सिरिजमा २–१ को अग्रता लिएको छ ।
जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १८.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
इंग्ल्यान्डलाई सहज जित दिलाउन जस बटलले सर्वाधिक ८३ रनको योगदान गरे भने जोनी बेयरस्टो ४० रनमा नटआउट रहे ।
भारतका लागि स्पिनर युजभेन्द्र चहल र वासिन्टन सुन्दरले १–१ विकेट लिए ।
त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । कप्तान विराट कोहली सर्वाधिक ७७ रन बनाए भने हार्दिक पान्ड्या १५ बलमा २ छक्का सहित १७ रनमा आउट भए ।
इंग्ल्यान्डका मार्कवुडले ३ विकेट लिए ।
यसअघिको पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी हुँदा दोस्रो खेलमा ७ विकेटले पराजित भएको थियो ।