काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थमा मुल्य गरेको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टितेतमा प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको छ भने हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । निगमले आन्तरीक र वाह्या उडान तर्फमा ५/५ रुपैयाँ बढाएको छ ।
त्यस्तै, युयसडि २५ रुपैयाँले बृद्धि गरी हवाई ईन्धन आन्तरिक प्रतिलिटर ७२ रुपैयाँ र वाह्या हवाई ईन्धन तर्फ युयसडि ८ सय ९३ प्रति किलो लिटर कायम गरेको निगमले जनाएको छ । आज राती १२ बजे देखि लागु हुने गरी निगमले पेट्रोलियम पदार्थमा र हवाई ईन्धनको बृद्धि गरेको छ ।
अन्तराष्ट्यि बजारमा पेट्रोलियम पदार्थको मुल्य क्रमिक रुपमा बृद्धि हुँदै गएको र ईण्डियन आयल कर्पाेरेशनले १ मार्च पठाएको मुल्य अनुसार पेट्रोलियम पदार्थमा बढाएको निगमले जनाएको छ । निगमले आज राती लागु हुनेगरी प्रतिलिटर दुई रुपैयाँ बढाएपछि अब पेट्रोलको खुद्रा मुल्य १ सय १६, डिजेल र मट्टितेतको ९९ रुपैयाँ पुगेको छ । सो मुल्य समायोजन गर्दा पनि निगमलाई अर्धमासिक रुपमा १ अर्ब ३२ करोड घाटा नै रहेको निगमका प्रवक्ता विनित मणि उपाध्यायले बताए ।
प्रवक्ता उपाध्यायका अनुसार निगमले पेट्रोलिय पदार्थको मुल्य समायोजन पछि प्रतिलिटर पेट्रोलमा ९ रुपैयाँ ३५ पैसा, डिजेलमा प्रतिलिटर ५ रुपैयाँ ८० पैसा घाटामा छ ।
यसैगरी खाना पकाउने एलपि ग्यासमा प्रति सिलिण्डर ३ सय ९२ रुपैयाँ ८२ घाटामा छ । अर्धमासिमक करिब १ अर्ब करोड २७ लाख ७० लाख रुपैयाँ घाटा नै रहने प्रवक्ता उपाध्यायले जानकारी दिए । उनले मुल्य समायोजन पछि पनि भारतिय सीमाको रक्सौलसँग जोडिएको नेपालको विरगंज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३३ रुपैयाँ ४२ पैसा र डिजेल प्रतिलिटर ३९ रुपैयाँ ६१ पैसा नेपाल तर्फ नै उल्लेखनिय रुपमा सस्तो रहेको बताए । (राजधानी दैनिकबाट)