Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जिप दुर्घटना, ४ को मृत्यु, ७ जना घाइते


    मंगलबार, चैत्र ३ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सिन्धुलीमा  आज मंगलबार दिउँसो  भएको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ  ।  दुर्घटनामा ७ जना घाइते भएका छन् ।

    सदरमुकामबाट कमलामाई नगरपालिका -७ बाँसकटेरी गइरहेको बा १७ च १११७ जिप घुम्तीमा मोड्ने बेलामा दुर्घटना भएको नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले जानकारी दिएका छन् ।

    दुर्घटनामा मृत्यु हुनेहरुमा कमलामाई-७का ६५ वर्षीय रुद्रबहादुर थापा,१८ वर्षीया रिता यसमाली,१९ वर्षीया दुर्गा श्रेष्ठ र उनको दुई वर्षको छोरा मनिष श्रेष्ठ रहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताएका छन् । दुर्घटनामा चालक सहित ७ जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको  पनि उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार