Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काठमाडौं रेडक्रस र महानगरपालिकाकाको सहकार्यमा सबै वडामा प्राथमिक उपचार तालिम संचालन हुने


    बिहिबार, चैत्र ५ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले काठमाडौ महानगरपालिकाको सहकार्यमा महानगरका ३२ वटै वडामा आधारभूत प्राथमिक उपचार तालीम संचालन गर्ने भएको छ ।

    काठमाडौ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गोलको समुपस्थितिमा महानगरका तर्फबाट स्वास्थ्य विभागका निर्देशक दीपक के.सी. र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका तर्फबाट सभापति श्यामकाजी डोटेलले हस्ताक्षर गर्नु भयो ।

    कार्यक्रममा महानगरका विशिष्ट कर्मचारी वर्ग र नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार