काठमाडौं। आज नेकपा एमाले माधव नेपाल झलनाथ खनाल समूहले ललितपुरको सानेपास्थित हेरिटज गार्डेनमा पत्रकार सम्मेलन गरेको छ ।
आज ललितपुरको सानेपास्थित हेरिटज गार्डेनमा भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेलामा प्रमुख अतिथि भएर सहभागी हुन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भोलिको माधव नेपाल समूहको भेलामा नजर रहने बताएका थिए । ओलीको सोही भनाइको जवाफ दिँदै नेता भट्टराईले भोलिको भेलामा आउने नेता कार्यकर्ताहरु एमालेकै भएका कारण भेलामा सहभागी हुन आग्रह गरेका हुन् ।
ओलीले माधव नेपाल समूहको भोलिको भेलामा कोही गए कारबाही गर्ने चेतावनी समेत दिएका थिए । उनले आजको चियापानमा अनुपस्थित नेपाल–खनाल समूहका एमाले नेताहरुमाथि कारवाहीको संकेत समेत गरेका थिए ।