Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गुणस्तर फेल सामान खरिद गर्दै प्रहरी 


    मंगलबार, चैत्र ३ २०७७
    915
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका लागि आवश्यक बन्दोबस्तीका सामान खरिद गर्ने प्रबन्ध निर्देशनालयले नमूना पास नै नभएको ब्याग खरिदको लागि स्वीकृति दिएको  छ । नमूना नै पास नभए पनि प्रबन्ध निर्देशनालयले राजमान मिश्रको अल्पाइन कम्पनीलाई रुकस्याक ब्यागको ठेक्का दिएको छ ।

    नमूना परीक्षणको रिपोर्ट नै पास नभएको कम्पनीलाई प्रबन्ध निर्देशनालयका डीआइजी पुरुषोत्तम कँडेल र एसपी प्रेम बस्नेतले ठेक्का दिएका छन् । मिश्रको अल्पाइनले ८ हजार थान ब्यागको ठेक्कबा पाएको हो ।

    गुणस्तर परीक्षणका क्रममा मिश्रको कम्पनीको ब्यागमा तीन किसिमको मापदण्ड पूरा नगरेकाले नमूना नै पास नभए पनि प्रबन्धले खरिद गर्नलागेको छ । प्रहरी स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रबन्धले खरिद गर्न लागेको ब्यागको गुणस्तर रिपोर्ट झिकाएर हेर्ने हो भन पास नभएको खुल्नेछ ।

    प्रबन्धका डीआइजी कँडेल र एसपी प्रेम बस्नेतले गुणस्तर रिपोर्ट नै पास नभएको कम्पनीको ब्याग खरिद गर्न लागेकोबारेमा आइजीपी शैलेश थापालाई पनि गुमराहमा पारेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार