हुम्ला, १८ बैशाख । कर्णाली नदिमा नुहाउन गएका एक युवक बेपत्ता भएका छन् । काम गरेर घर फर्कदा नुहाउन गएका उक्त युवक नदिले बगाएर बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा जुम्लाको कैलाश गाउँपालिका-१० मकावनपुर घर भइ हाल हुम्लाको नाम्खा गाउँपालिका-१ को २१ वर्षीय टसी बल हुन् ।
काम गरेर कर्णाली नदीमा नुहाउन गएका बल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।बेपत्ता बलको खोजीकार्य चलिरहेको र अहिले कर्णाली नदी नजिक रहेका प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको छ ।