Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • बार्सिलोनाको सानदार जित


    मंगलबार, चैत्र ३ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सानदार जित हात पारेको छ ।

    बार्सिलोनाको घरेलु मैदान नोउम क्याम्पमा सोमबार राति भएको खेलमा बार्सिलोनाले एसडी हुएस्कामाथि ४–१ को सानदार जित हात पारेको हो ।

     बार्सिलोनाका लागि कप्तान लियोनेल मेस्सीले दुई, एन्टोइन ग्रिजमन र ओस्कार मिनगुइजाले समान एक एक गोल गरे।  हुएस्काका राफा मिरले एक गोल फर्काए ।

    खेलको १३औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । ३५औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा राफा मिरले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

    त्यस्तै, दोस्रो हाफको ५३औं मिनेटमा ओस्कार मिनगुइजाले गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए । ९०औं मिनेटमा ट्रिन्काओको पासमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बार्सिलोनालाई ४–१ को फराकिलो जित दिलाए ।

    यो जितसँगै बार्सिलोना दोस्रो स्थानमा उक्लन सफल भएको छ । पराजित हुएस्का २० अंक जोडेर अन्तिममा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार