काठमाडौं। नेपाल प्रहरीका २ सय ८२ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायब निरीक्षक (सई) मा बढुवा सिफारिस भएका छन्।
प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले जनपद समूह तर्फका सो पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवाको पहिलो नम्बरमा रामकुमार बस्नेत रहेका छन्, उनले ८९ दशमलव ४१ अंक ल्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
त्यस्तै, दोस्रो र तेस्रोमा क्रमश स् हिराबहादुर बुढाथोकी र हरिप्रसाद बिष्ट रहेका छन्।
सिफारिस भएका हरुको नामावली यसप्रकार रहेको छ :