Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कतार सरकारले नेपाललाई दियो स्वास्थ्य सामग्री


    बिहिबार, बैशाख १८ २०७७
    910
    Shares
  • १ मिनेट पाठ
  • कतार सरकारले कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारलाई सहयोगस्वरूप २० टन स्वास्थ्य सामग्री उपलब्ध गराएकोछ ।
     २०७७ बैशाख १७ गते बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

     

    कतारले पिपिई सेट, पिसिआर टेस्ट किट, एन ९५ मास्क, भिटिएस, सिआरआरटी मेसिन, सर्जिकल मास्क, सर्जिकल ग्लोब्स र स्यानिटाइजरलगायत १४ प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताउनु भएकोछ ।

     

    त्यस्तै बुधबार नै युएईले पनि नेपाल सरकारलाई काेरोना भाइरस संक्रमणका बिरामीलाई उपचार गर्न प्रयोग गरिने स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।युएईले करिब नाै टन स्वास्थ्य सामग्री नेपालाई उपलब्ध गराएको हो।

    \"\"
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार