Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा शुरु


    सोमबार, चैत्र २ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । माओवादी केन्द्रको  केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरु भएको छ । हिजो आइतवारदेखि शुरु भएको बैठकमा पार्टीको नाम फेर्नेदेखि सांसदलाई कारबाही गर्नेसम्मका एजेण्डा छन् ।

    आइतवारको बैठकमा प्रदेश इञ्चार्जहरूले रिर्पोटिङ गरेका थिए । आफ्नो प्रदेशको संगठनात्मक अवस्थाबारे केन्द्रीय कमिटीमा उनीहरूले गरेको रिर्पोटिङका आधारमा थप संरचना निर्माण गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।

    आजको बैठकमा पार्टीको नाम फेर्नेबारेमा पनि छलफल हुनेछ । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी राख्नेबारेमा छलफल भएको थियो ।त्यही आधारमा केन्द्रीय कमिटीमा प्रस्ताव आएको हो ।

    आजको केन्द्रीय कमिटी बैठकले यस विषयको टुंगो लगाउन सक्ने एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार