Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनमा ट्रक र बोलेरो एकापसमा ठोक्किँदा एकको मृत्यु


    सोमबार, चैत्र २ २०७७
    3.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा धादिङको धुसा गाउँपालिका–१ का २७ वर्षीय महेश फुयाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    आज बिहान काँकडभिट्टाबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख १४२० नम्बरको तरकारी बोकेको ट्रक र विपरीत दिशाबाट गइरहेको बा१८च १३७१ नम्बरको बोलेरो राप्ती नगरपालिका–३ मार्तलपुल नजिक एकापसमा ठक्कर खाएको हो । ठक्करबाट तरकारी बोकेको ट्रक सडकबाट १० मिटर तल खस्दा चालक फुयालको घटनास्थालमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

    दुर्घटनामा परी सहचालक तनहुँको बन्दीपुर गाउँपालिका–५ का २७ वर्षीय विवेक थापा घाइते भएको प्रहरीले जनाएको छ । घाइते थापाको पुरानो मेडिकल कलजेमा उपचार भइरहेको छ । ट्रक, बोलेरो र चालकलाई प्रहरीले पक्राउ गरेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार