Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रविले बुझाए झण्डै दश लाख चुनाव खर्चको विवरण


    बुधबार, फाल्गुन २७ २०८२
    495
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।

    उनले जिल्ला निर्वाचन कार्यालय चितवनमा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम चुनावी खर्च विवरण बुझाएका हुन् ।

    चितवन–२ बाट निर्वाचित लामिछानेका तर्फबाट निर्वाचन प्रतिनिधि सीता ज्ञवालीमार्फत बुझाइएको विवरणमा नौ लाख ८९ हजार ९८७ रुपैयाँ चुनावमा खर्च भएको उल्लेख छ ।

    उनले मनोनयन दर्ता, यातायात इन्धन, रासन खरिद, नमुना मतपत्र छपाई लगायत दश शिर्षकमा जम्मा नौ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च लागेको विवरणमा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार