Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओलीले गरेका सात गल्ती


    बिहिबार, बैशाख १८ २०७७
    1.6K
    Shares
  • ३ मिनेट पाठ
  • रोहन गुरुङ 

    तत्कालीन एमाले र माओवादी केन्द्र(नेपाल कम्युनिष्ट पार्टी)ले २०७४ को चुनाव केपी शर्मा ओलीकै नेतृत्वमा लडेका हुन् । त्यो चुनावका नायक ओली नै थिए । उनकै नाममा जनताले स्थिर सरकारको चाहना राखेर मत दिए । नेकपाले झन्डै दुईतिहाई नै बहुमत पायो । प्रधानमन्त्री ओली भए । प्रधानमन्त्री भएपछि उनले संगठित रुपमा हुँदैआएको सुनतस्करी, यातायातमा ब्याप्त सिन्डिकेट हटाउनेदेखि ललिता निवास बालुवाटारको अरबौं मूल्यको सरकारी जग्गा फिर्ता गर्ने र हयात होटलले गैरकानुनी रुपमा दर्ता गरेको १ सय ५४ रोपनी सरकारी जग्गा फिर्ता जस्ता साहसिक निर्णय गरेका थिए । यद्यपि हयात होटलको जग्गा विबिध कारणले अद्यापि फिर्ता हुन सकेको छैन । ललिता निवासको जग्गा फिर्ता गर्ने निर्णय सरकारले गरिसकेको छ ।

    त्यसैगरी नेपालमा रेलको सपना साकार पार्ने काम तीव्र गतिले गरिरहेका छन् । काठमाडौं लगायतका सहरका धुलो र हिलाम्य सडक पिच गर्ने र चिल्लो सडकमा हिंड्न पाउने वातावरण उनकै सरकारले मिलाएको छ । तर सकारात्मक काम केही नदेख्ने केवल नकारात्मकको मात्र चर्चा नेपाली समाजमा हुने गरेको छ । र, नेकपाकै शीर्षनेताहरु ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन अहोरात्र लागेका छन् । किन हटाइँदैछ त ओलीलाई ? उनले गरेका यी सात गल्तीका कारण उनलाई हटाउने गेमप्लान राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले तयार पारेका हुन् ।  ती ७ गल्ती यसप्रकार छन्ः

    १. भ्रष्टाचार गरेर बिदेशी बैंकमा राखेको पैसालाई सेतो बनाएर नेपाल भित्र्याउन खोज्ने नेता र माफियाको कुरा नसुन्ने अर्थमन्त्री नियुक्ति गर्नु पहिलो गल्ती ।

    २. केही नेताको आडमा निर्माणका ठुलाठुला ठेक्का पाइरहेका र समयमा काम सम्पन्न नगरेका ठेकेदारको हावा निकाल्न खोज्नु दोस्रो गल्ती ।

    ३. ठेकेदार र माफियाले नेतालाई कमिशन दिएर हात पार्ने टेन्डर पारदर्शी बनाउने मेकानिजम बनाउन खोज्नु तेस्रो गल्ती ।

    ४.बाँडिचुडी तैँ चुप मै चुप भएर देशदोहन गर्ने प्रथा अन्त्य गर्न खोज्नु चौथो गल्ती ।

    ५. प्रतिपक्षले गरेको असहयोग र बार्गेनिङको अन्त्य गर्दै रिक्त ठाउँमा पदपूर्ति गरी देशलाई अगाडि दौडाउन मिल्ने अध्यायदेश ल्याउनु पाचौं गल्ती ।

    ६.अध्यादेश मार्फत् ४० प्रतिशतको नियम संशोधन गरेर एउटै पार्टीमा रहेका तर उद्देश्य र बिचार नमिलेर झगडामा रुमल्लिएका नेताहरु छुट्टिएर जनताको लागि राजनीति गर्न मिल्ने ब्यबस्था गर्नु छैटौं ठुलो गल्ती ।

    ७.समृद्ध नेपाल र सुखी नेपालीको सपना देख्नु अर्कोे गल्ती ।

    प्रधानमन्त्रीज्यू, तपाईले देश र जनताको हितमा गरेका गल्ती नबुझी बिरोध गर्नेहरु अरु नै नेता प्रधानमन्त्री, अध्यक्ष बने जादुको छडी चलाए जस्तो देश कायापलट हुने भ्रममा होलान्  । मैले यो स्टाटस लेख्दा कतिले तपाईंको बिरोध गर्दछन्, तिनका कुरा पनि ध्यानमा राख्नु होला । सबैलाई समेटेर अगाडि बढनुस् शुभकामना छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार