काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन परिणामपछि पार्टीले गम्भीर आत्मसमीक्षा गर्दै नयाँ नीति र योजनासहित अघि बढ्नुपर्ने बताएका छन्।
उनका अनुसार वर्तमान परिस्थितिको वस्तुनिष्ठ विश्लेषण र मूल्यांकन गर्दै संगठनलाई पुनर्गठन गर्ने आवश्यकता रहेको छ। यस क्रममा उपयुक्त रणनीति र कार्यनीति निर्धारण गर्दै एकता, ध्रुवीकरण, सहकार्य तथा संयुक्त मोर्चाको आधारमा समग्र रूपान्तरणको प्रक्रिया अघि बढाउनुपर्ने उनले उल्लेख गरेका छन्।
श्रेष्ठले पार्टीलाई पुनः सुदृढ बनाउँदै देश र जनताको पक्षमा संघर्षको स्पष्ट कार्यक्रम तय गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। क्रान्तिनिष्ठा, धैर्य, विवेक र साहसका साथ दृढतापूर्वक अघि बढ्ने संकल्प गर्नुपर्ने उनले बताएका छन्।
उनले पार्टीको राजनीतिक कार्यदिशा शान्तिपूर्ण परिवर्तनमा आधारित रहेको उल्लेख गर्दै निर्वाचन र सरकारमार्फत गरिने कामलाई महत्त्वपूर्ण मानिए पनि त्यसलाई मात्र सम्पूर्ण उपायका रूपमा नलिनुपर्ने बताएका छन्।
उनका अनुसार शान्तिपूर्ण राजनीतिक मार्गअन्तर्गत सरकार, संसद् र सडक संघर्ष तीनै मोर्चाको भूमिका रहनेछ। तत्कालीन राजनीतिक परिस्थिति अनुसार कहिले कुन मोर्चा प्रमुख हुने भन्ने विषय निर्धारण हुने उनले बताएका छन्।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend