Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • सुनको भाउ ३ हजार ६ सयले बढ्यो, तोलाको कति पुग्यो ?


    मंगलबार, फाल्गुन २६ २०८२
    520
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज मंगलबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३६ सय रुपैयाँ बढेको हो।

    आज छापवाल सुन प्रतितोला ३ लाख १७ हजार पुगेको महासंघले जनाएको छ। सोमबार तोलामा ३७ सय घटेर तीन लाख १३ हजार २ सयमा झरेको थियो।

    गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

    त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३१० रुपैयाँ बढेको छ। मूल्य बढेर आज चाँदीको भाउ तोलाको पाँच हजार सातसय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार