काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मंगलवार बिहानसम्म १ करोड ३ लाख नाघेको छ ।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार देशभर हालसम्म १ करोड ३ लाख २१ हजार ८ सय ६ मत गणना भइसकेको हो ।
पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ लाख ६४ हजार २३२ मत प्राप्त गर्दै आफ्नो वर्चस्व कायम गरेको छ। यो कुल गणना भएको मतको झण्डै आधा हिस्सा हो।
त्यसैगरी, दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १६ लाख ७७ हजार ९४२ मत प्राप्त गरेको छ। नेपाल कम्युनिस्ट पार्टी एमाले १३ लाख ९३ हजार १३७ मतका साथ तेस्रो स्थानमा रहेको छ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ५५ हजार ६६० मत आफ्नो पक्षमा पारेको छ। त्यस्तै, ३ लाख ४९ हजार ०९० मतसहित श्रम संस्कृति पार्टी पाँचौँ र ३ लाख २३ हजार २७३ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छैटौँ स्थानमा रहेका छन्।
समानुपातिकतर्फ एक लाख भन्दा बढी मत ल्याउने अन्य दलहरूमा जनता समाजवादी पार्टी, नेपाल (१,७०,१३५ मत) र राष्ट्रिय परिवर्तन पार्टी (१,६५, ३६६) मत रहेका छन्।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend