Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युभेन्ट्सको जितमा रोनाल्डोको ह्याट्रिक, पेलेको कीर्तिमान भङ्ग


    सोमबार, चैत्र २ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्टसले काग्लियारीलाई ३-१ गोल अन्तरको जित निकालेको छ ।

    आइतबार राति काग्लियारीको मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे ।

    घरेलु टिमका जियोभानी सिमओनले एक गोल फर्काए ।

    खेलको १० औं मिनेटमा रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको २५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टिमको अग्रता २-० को बनाए । खेलको ३२ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा पहिलो हाफमा युभेन्ट्स ३-० ले अघि रह्यो ।

    यस्तै, दोस्रो हाफको ६१ औं मिनेटमा जियोभानीले एक गोल फर्काएपनि युभेन्ट्स ३-१ ले विजयी भयो ।

    काग्लियारीविरुद्धको यस ह्याट्रिकसँगै रोनाल्डोले आधिकारिक खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाए ।

    रोनाल्डोले आधिकारिक खेलमा ७ सय ७० गोल पूरा  गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । पेलेको नाममा ७ सय ६७ गोल रहेको छ ।

    ब्राजिलियन पेलेले रोनाल्डोलाई बधाई समेत दिएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार