Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • महोत्तरीमा २० हजार मत बदर


    सोमबार, फाल्गुन २५ २०८२
    645
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ को मत परिणाम अनुसार प्रत्यक्षतर्फ महोत्तरीमा २० हजार मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको अन्तिम प्रतिवेदनमा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा गरी १९ हजार ९३५ मत बदर भएको हो।

    क्षेत्रगत रूपमा महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा तीन हजार ९५४, निर्वाचन क्षेत्र नम्बर २ मा पाँच हजार ४४९, निर्वाचन क्षेत्र नम्बर ३ मा पाँच हजार १० र निर्वाचन क्षेत्र नम्बर ४ मा पाँच हजार ५२२ मत बदर भएको छ ।

    चारवटा निर्वाचन क्षेत्र रहेको महोत्तरीमा जम्मा चार लाख ३१ हजार २८२ मतदाता रहेकामा दुई लाख ६१ हजार ३४६ (६०.५९ प्रतिशत) जनाले मतदान गरेका थिए । जसमध्ये दुई लाख ४१ हजार ४११ मत (९२.३७ प्रतिशत) सदर भएको थियो । १९ हजार (३५ मत ९७.६२ प्रतिशत) बदर भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार