काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टी पंक्तिलाई संयम र धैर्यताकासाथ पार्टीको एकता जोगाउन र सही मार्गमा अघि बढ्न आग्रह गरेका छन् । उनले सम्पूर्ण एमालेजनलाई आत्मभत्र्सना होइन, आत्मसमीक्षाको बाटोमा हिंड्न अपिल गरेका छन् ।
उनको अपिलमा उल्लेख छ–हामी ढलेकामात्र हौं , मरेका होइनौं । सही नीति, सही संगठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैली मार्फत हामी उठ्नेछौं र पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरि उठाउनेछौं ।
सोमबार नेता भट्टराईले सामाजिक संजालमा लेखेको अपिलमा उल्लेख छ– ‘पार्टीले सामना गर्नुपरेको अवस्था र असफलता सिंगो पार्टीको असफलता हो । सामूहिक बुद्धि–विवेक र सामूहिक पहलबाट मात्र यो अवस्थालाई बदल्न सकिन्छ । तसर्थ, म सबै नेता कमरेडहरू र सिंगो पार्टी पंक्तिलाई हिजोका गुट (समूह)का घेराबाट बाहिर निस्केर खुला खुलस्त बहसमा सहभागी हुन आह्वान गर्दछु । साथै पार्टी, जनसंगठन र प्रवासका तहगत कमिटी र सदस्य कमरेडहरुलाई आफना राय सुझावहरू पार्टी नेतृत्व समक्ष पठाउन अनुरोध गर्दछु ।
विगत तीन दिनयता करिब हजार जनासँग फोनमा कुरा भयो । त्यत्तिकै संख्यामा म्यासेज हेरेको छु । त्यसमा अधिकांश पार्टीका कमरेडहरू र केही शुभेच्छुक मित्रहरू रहनुभएको छ । कुराकानीका क्रममा सुझाब, टिप्पणी, बिरोध, आक्रोश, हतासा, निरासा, संभावना, उपाय, दृढ़ता, जोशलगायतको मिश्रित र विविधतायुक्त धारणाहरू पाएको छु । बोल्नुपर्यो, पहल लिनुपर्यो भनेर प्रेरणादायी अनि दबाबयुक्त कुरा पनि सुनेको छु ।
विस्तृतमा केही दिन पछि भन्नेछु । अहिलेलाई मेरा प्रारम्भिक बिचार निर्वाचनमा आफ्नो मतमार्फत् जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकृति गरेका छन् । यो आजको वस्तुगत यथार्थ हो । हामीले आफूभित्र सर्वाङ्गीण रूपान्तरण मार्फत् जनसमर्थन पुनः आर्जनको बाटो लिनुपर्दछ ।
मूलतः भदौ २३ र २४ पछि हाम्रो पार्टीले लिएका नीति ठिक छैनन्, त्यसमा करेक्सन गरौं भनेर हामीले नेतृत्व र सिंगो पार्टी पंक्तिलाई बैठक, भेटघाट र महाधिवेशनमार्फत् पटक–पटक अनुरोध गर्यौं तर सफल भएनौं । अब पुनः छलफल र बहस खुला गर्नुपर्दछ ।
हरेक सार्वजनिक संस्था–संगठनमा जिम्मेवारी र जवाफदेहीता अहम् महत्वको सवाल हुने गर्दछ । नेकपा एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीतिमात्र होइन, जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरू सबैले भागीदारी बोक्नुपर्दछ । त्यसमा पनि नीतिगत र कार्यकारी भूमिकामा रहेको केन्द्रीय कमिटी, केन्द्रीय सचिवालयले नै जस अपजसको भारी बोक्नुपर्दछ । यो सबैको जवाफदेहिता फेरि पनि प्रमुख नेताकै रहन्छ । सफलता वा असफलतापछिको जवाफदेहिताको कार्यान्वयन कसरी हुन्छ ? पूर्वाग्रह, भावना र षड्यन्त्रको सिद्धान्तबाट माथि उठेर पार्टीभित्र यसमा गम्भीर छलफल गर्नुपर्दछ ।
पार्टीले सामना गर्नुपरेको अवस्था र असफलता सिंगो पार्टीको असफलता हो । सामूहिक बुद्धि–विवेक र सामूहिक पहलबाट मात्र यो अवस्थालाई बदल्न सकिन्छ । तसर्थ, म सबै नेता कमरेडहरू र सिंगो पार्टी पंक्तिलाई हिजोका गुट (समूह)का घेराबाट बाहिर निस्केर खुला खुलस्त बहसमा सहभागी हुन आह्वान गर्दछु । साथै पार्टी, जनसंगठन र प्रवासका तहगत कमिटी र सदस्य कमरेडहरुलाई आफ्ना राय सुझावहरू पार्टी नेतृत्व समक्ष पठाउन अनुरोध गर्दछु ।
कमरेडहरू, हामी ढलेकामात्र हांै, मरेका होइनौं । सही नीति, सही संगठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैली मार्फत हामी उठ्नेछौं र पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरि उठाउनेछौं । संयम र धैर्यताकासाथ पार्टीको एकता जोगाउन र सही मार्गमा अघि बढ़न र आत्मभत्र्सना होइन आत्मसमीक्षाको बाटोमा हिंड्न म नेकपा एमालेका सम्पूर्ण कमरेडहरूलाई हार्दिक अपिल गर्दछु ।
राजनीतिक दल एउटा सार्वजनिक संस्था हुनुको नाताले नेकपा (एमाले)का बारेमा आफना सुझाव, आलोचना र टिप्पणीहरू पठाउन समस्त बुद्धिजीवी मित्रहरू र आम जनसमुदायमा हार्दिक अपिल गर्दछु ।
अन्तमाः राष्ट्रिय एकता र नेपाली सार्वभौमिकताको रक्षा तथा बाम– लोकतान्त्रिक विचारधाराको रक्षा आजको साझा राष्ट्रिय कार्यभार हो । यसका लागि जनादेशको सम्मान र सम्बद्ध राजनीतिक बिचार र शक्तिका बिचका सकारात्मक सहकार्यका लागि सबैमा अपिल गर्दछु ।’
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend