Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु


    सोमबार, चैत्र २ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । ललितपुरको नख्खुदोबाटोमा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् ।

    आइतबार  राति साढे ९ बजे ना २ ख ७५८३ नम्बरको कन्टेनरले प्रदेश नम्बर ३ –०२० १८ प ८३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ३७ वर्षीय गणेशप्रसाद अधिकारीको मृत्यु भएको हो ।

    मोटरसाइकल पछाडि सवार ललितपुरको शोभाहिटीका ३२ वर्षीय रवि श्रेष्ठ घाइते भएका छन् । उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

    कन्टेनर चालकलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार