Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • खुलामञ्चमा फेरि डोजर चल्यो, अस्थायी वसपार्क समेत हटाउने काठमाडौँ महानगरको तयारी


    आइतबार, चैत्र १ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  काठमाडौँ । राष्ट्रिय महत्वका संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुननिर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई खुलामञ्चलाई खुला गर्ने अभियानलाई काठमाडौँ महानगरपालिकाले निरन्तरता दिएको छ । केही समय अघि खुलामञ्च खुला गर्न डोजर चलाएको महानगरपालिकाले आज पनि खुलामञ्चमा डोजर चलाएर थप संरचना भत्काइ दिएको छ ।
     
    काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणलाई पत्र काटेरै खाली गर्ने वातावरण बनाउन आग्रह गरेको र त्यहि अनुसार खुला गर्ने कार्यलाई निरन्तरता दिएको जानकारी दिनुभयो । ‘आज खुलामञ्चमा पुर्ननिर्माणका लागि निर्माण सामग्री राख्न निर्माण गरेका संरचना वरीपरीको वार भत्काएका छौँ,’ उहाँले भन्नुभयो, ‘अब त्यहाको अस्थायी संरचना पनि छिट्टै भत्काउँछौँ र खुलामञ्चलाई पुरै खुला गर्छौ ।’
     
    काठमाठौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि मेयर (काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य) को निर्देशन अनुसार नै खुला गर्ने अभियानलाई निरन्तरता दिएको जानकारी दिनुभयो । दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भै सकेको र वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा रहेको भन्दै केही दिनभित्रै सबै खुला गर्ने जानकारी दिनुभयो । ज्ञवालीले अस्थायी वसपार्कलाई पनि अन्तै व्यवस्थापन गरी छिट्टै त्यसलाई समेत खुला गर्ने जानकारी दिनुभयो ।
     
     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार