Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डको आलोचना गर्दा पत्रकार पाठक पक्राउ


    बिहिबार, बैशाख १८ २०७७
    750
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १८ बैशाख । प्रहरीको साइबर ब्युरोले प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य तथा रेडियो नेपालका सञ्चालक समिति सदस्य दीपक पाठकलाई बिहीबार बिहानै पक्राउ गरेको छ  । प्रेस काउन्सिलमा परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको दाबी छ ।

    मार्गदर्शन न्यूजका सम्पादक पाठकले पछिल्ला दिनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बिरुद्ध सामाजिक संजाल फेसबुकमा लगातार स्टाटस लेख्दैआएका छन् । प्रचण्डबिरुद्ध सामाजिक संजालमा आलोचना गर्दा पाठक पक्राउ परेका हुन् । पछिल्ला दिनमा प्रधानमन्त्री ओलीका बिरुद्ध सामाजिक संजालमा दैनिक सयौं अशिष्ट र अमर्यादित टिप्पणीहरु आउने गरेका  छन् । तर भीम उपाध्याय बाहेक अरु कोही पक्राउ परेका छैनन् । तर प्रचण्डको आलोचना गर्दा पत्रकार पाठक पक्राउ परेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार