काठमाडौं । शहीद स्मारक सी डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सी डिभिजन लिग फुटबल आजदेखि सुरु हुन लागेको हो।
२०७६ सालमा हुनुपर्ने सी डिभिजन लिग कोभिड-१९ महामारीको कारण तोकिएको समयमा हुन सकेन र यस वर्ष आयोजना हुन लागेको एन्फाले जनाएको छ। ।
एन्फाले यस पटक नयाँ संरचनामा सी डिभिजन लिग आयोजना गर्न लागेको बताएको छ।
जसमा १४ टिमले प्रतिस्पर्धा गर्नेछन्, लिगमा कूल ५२ खेल हुनेछ भने, ३ टीम बी डिभिजनमा बढुवा हुनेछन् ।
यस्तै, एक टिम रेलिगेसनमा पर्नेछ ।
सहभागी १४ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ ।