काठमाडौं। नेपाली फिल्म ‘छक्का पञ्जा ३’ले दशौं नेफ्टा फिल्म अवार्डमा वर्चस्व जमाएको छ । फिल्म, निर्देशक र पटकथासहितका ६ महत्वपूर्ण विधामा जित हासिल गर्दै उक्त फिल्मले वर्चस्व जमाएको हो।
शनिबार साँझ सम्पन्न भएको अवार्ड समारोहमा कमेडी र सोसल ड्रामाबाट दीपाश्री निरौलाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारिन् । यही फिल्मबाट दीपकराज गिरीले सर्वोत्कृष्ट कथा एवं पटकथा विधामा बाजी मारे ।
चर्चित केदारप्रसाद घिमिरे माग्ने बुढाले पनि यही फिल्मबाट हाँस्यकलाकारको अवार्ड जिते । यहि फिल्मको तेस्रो सिरिजलाई पपुलर फिल्मको अवार्ड पनि दिइयो ।
यस्तै, सर्वोत्कृष्ट अभिनेता बिपिन कार्की ‘फिल्म प्रसाद’ घोषित भए । मेनुका प्रधानले साइँलीबाट अभिनेत्री विधामा बाजी मारिन् । साम्राज्ञी शाह र अनमोल केसी क्रमशः पपुलर अभिनेत्री र अभिनेता घोषित भए ।
फिल्म प्रसादले संगीतका चारै विधासहित सर्वोत्कृष्ट संवाद र अभिनेतामा बाजी मार्यो । यो फिल्मले छक्का पञ्जा ३ सँग जितमा बराबरी गर्यो ।