काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता तथा कार्यकर्ताले चुनाव प्रचार गर्दा घन्टी नै हल्लाउने क्रम बढेपछि निर्वाचन आयोगले रोक लगाएको छ । रास्वपा कार्यकर्ताले अब बजार, टोलमा मान्छेका कान कानमा लगेर चुनावी प्रचारको नाममा घण्टी हल्लाउन नपाउने भएका छन् ।
निर्वाचन आयोगले निर्वाचन प्रचार प्रसार गर्दा निर्वाचन चिन्हको भौतिक स्वरुप प्रयोग नगर्ने नगराउने भन्दै विज्ञप्ति जारी गरेको छ । राजनीतिक दल वा उम्मेदवारले कपडा, तुल, फ्लेक्स वा कागजमा आफ्ना चुनाव चिन्ह छापेर प्रचार गर्न पाइने तर, काठ वा धातुबाट बनाइएका त्यस्ता चिन्ह लिएर प्रचार प्रसार गर्न नपाइने आयोगले जनाएको हो ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले रास्वपाले ध्वनी प्रदूषण हुनेगरी घण्टी बजाउँदै निर्वाचन आचासंहिता उल्लंघन गरेकाले रोक्न माग गर्र्दै आयोगमा उजुरी दिएको थियो । धार्मिक स्थानमा प्रयोग हुने घण्टीको दुरुपयोग भएकोबारे सामाजिक संजालमा चर्को आलोचना भएपछि आयोगले आइतबार उक्त निर्णय गरेको हो ।
राजधानी दैनिकका सम्पादक डिल्ली आचार्यले शुक्रबार सामाजिक संजालमा निर्वाचन आयोगसँग प्रश्न गरेका थिए –‘निर्वाचन आयोग Election Commission-nepal सँग जिज्ञासा–रास्वपा कार्यकर्ताले घन्टी बजाउँदै, हल्लाउँदै हिंडेजस्तो संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यकर्ताले खुकुरी हल्लाउँदै र नचाउँदै भोट मागे भने आचारसंहिता उल्लंघन हुन्छ कि हुँदैन ?’

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend