एजेन्सी । जर्मन बुण्डेस लिग फुटबल अन्तर्गत उपाधि दाबेदार रहेको क्लब बायर्न म्युनिख विजयी भएको छ ।
शनिबार राति भएको खेलमा बायर्न म्युनिखले वेर्डर ब्रेमेनलाई ३–१ गोलले पराजित गरेको हो ।
बायर्नको जितमा गोरेट्ज्काले खेलको २२ औँ, ग्नाब्रीले ३५ औँ तथा लेवान्डोस्कीले ६७ औँ मिनेटमा गोल गरेका हुन् । ब्रेमेनका लागि ८५ औँ मिनेटमा फुल्क्रुगले एक गोल फर्काएका हुन् ।
लेवान्डोस्कीले लिगमा यो सिजन ३२ गोल गरिसकेका छन् । बुण्डेस लिगामा लेवान्डोस्कीले २६८ गोल गरेका छन् । उनले दोस्रो स्थानमा रहेका क्लाउस फिस्चरसँगको कीर्तिमानमा बराबरी गरेका हुन् ।
बुण्डेस लिगामा सर्वकालिन सर्वाधिक गोल गर्ने खेलाडी गेर्ड मुलरले ३६५ गोल गरेका छन् ।