Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भोली शनिबार साधु सन्तको बिदाइ


    शुक्रबार, फाल्गुन २८ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । महाशिवरात्रिमा पशुपतिनाथ दर्शनमा आउनुभएका साधुसन्तलाई शनिबार दक्षिणासहित बिदाइ गरिने भएको छ । शनिबार बिहान ९ बजेदेखि साधुसन्त बिदाइको कार्यक्रम राखिएको कार्यकारी निर्देशक खतिवडाले सुनाउनुभयो । यस वर्ष कोषले रु १०० देखि रु १५ हजारसम्म दक्षिणा दिएर साधुसन्त बिदाइ गर्ने तयारी गरेको छ ।
     
     साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाइ गरिने कोषले जनाएको छ । यसैगरी गुठी संस्थानले पनि साधुसन्तलाई दक्षिणा एवं फाल्गुन शुक्ल एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प गर्नुभएका सामग्री दिएर बिदाइ गरिन्छ । फागुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थान र कोषले साधुसन्तलाई बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गर्ने विधि छ ।

      साधुसन्तको बिदाइ नभएकाले पशुपति क्षेत्रमा आज पनि भक्तजनको चहलपहल छ । महाशिवरात्रिका अवसरमा बिहीबार मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न नपाएका भक्तजन आज बिहानदेखि भीड लागेको कोषले जनाएको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार