काठमाडौं । सहरी विकास मन्त्रालय अन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणमा परामर्शदाता छनोटमा चरम अनियमितता भएको छ । प्राधिकरणले बृहत्तर काठमाडौं उपत्यकाको गुरुयोजना तयार गर्र्ने कार्यको लागि परामर्शदाता छनोटका क्रममा सर्टलिष्टिङमा परेका ६ वटा कम्पनीको आर्थिक प्रस्ताव खोल्ने भनेर २०७७ फागुन २० मा सबैलाई परिपत्र गरेको थियो ।
सर्टलिष्टमा परेका ६ वटै कम्पनीलाई आर्थिक प्रस्ताव खोल्ने परिपत्र गरिसकेपछि अर्थात् प्राविधिक मूल्यांकन सकिएपछि आर्थिक लेनदेन गरी एक कम्पनीको नम्बर बढाएर परामर्शदाता छनोट गरिएको छ ।
प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले DEC(P)- SRES-ECEP JV भाटभटेनीलाई परामर्शदाता छनोट गरेको छ । परामर्शदाता छनोटका क्रममा यो कम्पनीको प्राविधिक प्रस्तावमा अंक बढाइएको छ । प्राविधिक मूल्यांक सकिएपछि DEC(P)- SRES-ECEP JV को नम्बर थपिएको प्राधिकरणकै एक कर्मचारीले बताएका छन् ।
प्राधिकरणका प्रमुख तिवारीले कार्यकाल सकिने बेलामा चरम अनियमितता गरी प्राविधिक मूंल्यांकन सकिसकेपछि नम्बर थपेको आरोप छ । उनले यसरी नम्बर थपेर परामर्शदाता छनोट गर्दा २ करोड घुस लिएकाले छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०७७ फागुन २७ मा उजुरी परेको छ । प्राविधिक मूल्यांकन सकिसकेपछि नम्बर थपेर परामर्शदाता छनोट गरेका भाइकाजी तिवारीले आजै त्यो कम्पनी छनोटमा परेको सूचना निकाल्ने तयारी गरेका छन् । परामर्शदाता छनोटमा भएको अनियमितताबारे भाइकाजी तिवारीले भने–‘मूल्यांकन समितिले गरेको हो, पारदर्शी नै गरेको होला ।’
प्राधिकरणले परामर्शदाता छनोटका बारेमा अनियमितताबारे अख्तियारमा परेको उजुरीमा उल्लेख छ–आशयपत्र मूल्याङ्कन हुँदा ६ वटा परामर्शदाता संक्षिप्त सूचीमा परेका थिए । संक्षिप्त सूचीमा परेका ६ वटा परामर्शदातामध्ये ५ वटा परामर्शदातावाट मात्र प्राविधिक तथा आर्थिक प्रस्ताव पेश भई मूल्याङ्कन भइसकेपछि २०७७ फागुन २७ मा आर्थिक प्रस्ताव खोल्ने भनी सबैलाई सूचित गरियो । प्रस्ताव पेश गर्ने सवै परामर्शदातालाई सूचना गरिसकेपछि कार्यालय प्रमुख तवारीले परामर्शदाता म्भ्ऋ९ए०(क्च्भ्क्(भ्ऋभ्ए(व्ख् सँगको मिलेमतोमा आर्थिक लेनदेन गरी गरी सार्वजनिक बिदाको दिन फागुन २७ मा मूल्याङ्कन समितिका सबैलाई कार्यालयमा बोलाई प्राविधिक प्रस्ताव मूल्याङ्कनको अंक फरेवदल गरी उल्लिखित परामर्शदाताको अंंक गैरकानूनी तवरवाट मूल्याङ्कन समितिका सदस्यहरुलाई दवाब दिई बढाइएको छ । र, आज आर्थिक प्रस्ताव खोली त्यही तिवारीको सेटिङ भएको कम्पनीलाई दिने तयारी छ ।
अख्तियारमा दर्ता भएको उजुरीमा मूल्याङ्कन समितिका सदस्यहरुले मूल्याङ्कनका क्रममा प्रयोग गरेको कम्प्यूटर परामर्श शेवा खरिद सम्वन्धी सम्पूर्ण कागजातहरु जफत गरी आयोगको डिजिटल फरेन्सिक ल्याबमा परीक्षण गरियो भने प्राविधिक प्रस्ताव मूल्याङ्कनको अंक फरेबदल गरेको प्रष्ट हुनेछ । सबै परामर्शदाताले पेश गरेका प्रविधिक प्रस्ताव र उक्त प्रस्तावमा प्रदान गरिएको अंक समेत भिडाउँदा समेत कुन मनसाय, बदनियत राखेर काम भइरहेको छ प्रष्ट हुने नै छ । तसर्थ मूल्याङ्कन समितिका सदस्यहरुले मूल्याङ्कनका क्रममा प्रयोग गरेको कम्प्यूटर परामर्श शेवा खरिद सम्वन्धी सम्पूर्ण कागजातहरु जफत गरी आयोगको डिजिटल फरेन्सिक ल्याबमा परिक्षण गरिगराई अनुसन्धान तहकिकात गरी भ्रष्टाचार जन्य कार्यमा संलग्न कार्यालय प्रमुख भाइकाजी तिवारी लगायत मूल्याङ्कन समितिका सबै पदाधिकारीहरुलाई भ्रष्टाचार निवारण ऐन २०४९ वमोजिम हदै सम्मको कारबाहीको माग गरिएको छ ।