Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जिल्ला अदालत मकवानपुरद्वारा नौ सय मुद्दा फैसला


    बिहिबार, फाल्गुन २७ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • बाग्मती । जिल्ला अदालत मकवानपुर हेटौँडाले चालु आर्थिक वर्षको हालसम्म ८८५ मुद्दाको फैसला गरेको छ । अघिल्लो वर्षको जिम्मेवारी सरेका ४३१ र चालु आवको ४५४ मुद्दाको फैसला गरेको हो । एक हजार ४० मुद्दा चालु अवस्थामा रहेको सो अदालतले जनाएको छ ।

    अदालतबाट प्राप्त विवरणअनुसार अघिल्लो आवको सरेको र यस वर्षको नयाँ दर्ता गरी चालु आवमा हालसम्म कूल एक हजार ९२५ मुद्दा दर्ता भएको बताइएको छ । अघिल्लो आवमा सरेर आएको मुद्दा सङ्ख्या ९१४ रहेको छ भने चालु आवमा हालसम्म एक हजार ११ मुद्दा दर्ता भएको छ ।

    अठार महिनादेखि दुई वर्षसम्मका ६६ मुद्दा, एक वर्षदेखि १८ महिनासम्मका १४५ मुद्दा, छ महिनादेखि एक वर्षसम्मका ३०१ मुद्दा र छ महिनायताका ५१४ मुद्दा चालु अवस्थामा रहेको श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभयो । सो अदालतको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै उहाँले जिल्ला अदालत मकवानपुरमा दुई वर्षभन्दा बढीका चारवटा मुद्दा फैसला गर्न बाँकी रहेको र उक्त मुद्दा चालु आवमा फैसला हुने बताउनुभयो ।

    “विश्वव्यापीरुपमा फैलिएको कोरोना माहामारीले अदालतको फैसलामा पनि असर परेको उल्लेख गर्दे कारोना माहामारी नभएको भए पुराना मुद्दा फैसला भइसकेको हुन्थ्यो”, उहाँले भन्नुभयो । ‘एक मिसन एक भिजन, एक वर्षभित्र न्याय सम्पादन’ भन्ने नाराका साथ अदालतले काम गरिरहेको जानकारी दिँदै सो अदालतका नायबसुब्बा पुरुषोत्तम गुरागाईँले पञ्चवर्षीय रणनीति तयार गरी सोहीअनुसार काम भइरहेको बताउनुभयो ।

    चालु आवमा एक हजार ६१९ नयाँ मुद्दा दर्ता हुने लक्ष्य लिएको अदालतले जिम्मेवारी सरेकासहित चालु आवमा एक हजार ७२४ मुद्दा फछ्र्योट गरिसक्ने लक्ष्य लिएको गुरागाईँले जानकारी दिनुभयो । साथै जिल्ला अदालत मकवानपुरले कोरोना महामारीको समयमा इजलासलाई सहज सञ्चालनका लागि सहयोग गर्नेलाई सम्मानसमेत गरेको जनाइएको छ । सो अतालतको नयाँ भवन पनि निर्माण भइरहेको छ । उक्त भवन निर्माण भएपछि काम गर्न थप सहज हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार