Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टुइकुनामा माइक्रोबस दुर्घटना : एकको मृत्यु ,१० जना घाइते


    बिहिबार, फाल्गुन २७ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दुल्लू । कर्णाली राजमार्गअन्तर्गत टुइकुनामा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । मृत्यु हुनेमा शुभाकालिका गाउँपालिका भर्ता कालीकोटका ३७ वर्षीय दीपेन्द्रबहादुर शाही रहेको प्रहरी चौकी पाल्तडाले जनाएको छ ।

    चौकीका अनुसार गम्भीर घाइते सात जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको तथा तीन जनाको स्थानीय रामघाटमा मेडिकलमा उपचार भइरहेको छ । राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका–१ टुइकुनामा कालीकोटबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ख२४७ नंको माइक्रोबस दुर्घटना भएको हो ।

    घाइते १० मध्ये गम्भीरावस्थाका सात जनालाई एम्बुलेन्समार्फत सुर्खेत पठाइएको स्थानीयवासी नैनबहादुर शाहीले टेलिफोनबाट जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “म उद्धारमा छु, बस दुर्घटनाको कारण खुलेको छैन । बस राजमार्गबाट ५० मिटर तल खसेको छ । बसमा कालीकोटबाट १५ यात्रु सवार थिए । उद्धार जारी छ ।” रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार