Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १ लाख ५० हजार घुससहित कर अधिकृत पक्राउ


    बिहिबार, फाल्गुन २७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधाममा कार्यरत कर अधिकृत रमेश ढकाल १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार उनीसहित आर.एन. मेनेजमेन्ट अकाउन्ट कन्सलटेन्सीका संचालक नवीनकुमार कर्णलाई घुस लेनदेन गरिसकेपछि नियन्त्रणमा लिएको छ ।

    सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनका लागि अतिरिक्त रकम माग गरी कन्सल्टेन्सीका प्रोपाइटर कर्णलाई लिन लगाएको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले उनीहरुलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

    कन्सलटेन्सी संचारक कर्णलाई सेवाग्राहीबाट घुस लिएको अवस्थामा जनकपुरधाम उपमहानगरपालिकास्थित अन्नपूर्ण होटल एण्ड गेष्ट हाउसबाट आयोगले नियन्त्रणमा लिएको थियो ।  कर अधिकृत रमेश ढकाललाई धनुषास्थित नेपाल स्काउटको कार्यालय अगाडिबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार