काठमाडौं । वलिउडका चर्चित गायक तथा नेपालीमूलका उदितनारायण झा र उनकी कान्छी पत्नी दीपा नारायणविरुद्ध जेठी पत्नी रञ्जना झाले गम्भीर आरोपसहित बिहार प्रहरीमा उजुरी दर्ता गराएकी छन् ।
भारतीय सञ्चारमाध्यम अमरउजालाले फेब्रुअरी १० मा प्रकाशित समाचारअनुसार रञ्जनाले उदितनारायण र दीपा नारायणले आपराधिक षड्यन्त्र गरेर सन १९९६ मा आफ्नो गर्भाशय निकालिएको दाबी गर्दै बिहारको सुपौल जिल्लास्थित महिला थानामा मंगलबार उजुरी दिएकी हुन् ।
रञ्जनाले उजुरीमा सन १९८४ डिसेम्बर ७ मा उदित नारायणसँग विवाह भएको उल्लेख गरेकी छन् । विवाहपछि सन १९८५ मा आफू भारत गएको र त्यसपछि उदितनारायणले भारतमै बस्न थालेपछि गायिका दीपा गहतराजसँग दोस्रो विवाह गरेको दाबी गरेकी छन् ।
उजुरी दर्ताका क्रममा उनी अधिवक्ता करुणाकान्त झासँग महिला थानामा पुगेकी थिइन् । रञ्जनाको माइती सुपौल जिल्लाको बलुआ बजार थाना अन्तर्गत संस्कृत निर्मली वडा नम्बर ११ मा रहेको बताइएको छ । उनी त्यहाँका बासिन्दा चन्द्रकान्त झाकी ६१ वर्षीया छोरी हुन् ।
भारतीय मिििडयाहरुका अनुसार उजुरीमा उदित नारायणका भाइहरू सञ्जयकुमार झा र ललितनारायण झालाई समेत प्रतिवादी बनाइएको छ ।
रञ्जनाले सन १९९६ मा उदितका भाइ ललितले उपचारका लागि दिल्ली लगेर एक अस्पतालमा बिना जानकारी गर्भाशय निकालिएको आरोप लगाएकी छन । साथै, सन २००६ मा उदितलाई भेट्न दिल्ली जाँदा आफूलाई अपमानपूर्वक घरबाट निकालिएको समेत उनले बताएकी छन् ।
रञ्जनाले यसअघि भारतीय महिला आयोगमा पनि उदित नारायणविरुद्ध उजुरी दिएको र त्यस क्रममा उदितले आफूलाई पहिलो पत्नी स्वीकार गरे पनि त्यसअनुसार कुनै सम्मान र सुविधा नपाएको गुनासो गरेकी छन् ।
महिला थानाकी थानाध्यक्ष अञ्जु तिवारीले घटना करिब ३० वर्ष पुरानो भए पनि उजुरीको आधारमा पुराना तथ्यहरू समेत खोतलेर छानविन गरी आवश्यक कारवाही गरिने बताएकी छन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend