Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेलायती प्रधानमन्त्रीलाई पुत्र लाभ


    बुधबार, बैशाख १७ २०७७
    820
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी, १७ बैशाख ।भर्खरै  मात्र कोरोना भाईरसलाई जितेर नियमित कार्यमा लागेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्र लाभ भएको छ।
    बुधबार बिहान जोनसन र उनकी प्रेमिका क्यारी साइमोन्डसले विज्ञप्ति जारी गर्दै लन्डन अस्पतालमा पुत्रलाभ भएको घोषणा गरेका हुन्।
    प्रधानमन्त्रीका प्रवक्ताले क्यारी र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो भएको बताएकी थिइन्।

    'प्रधानमन्त्री र मिस साइमोन्डस् स्वस्थ पुत्र जन्म भएको जानकारी गराउन रोमाञ्चित छन्। आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो छ,'प्रवक्ताले भनिन्,'प्रधानमन्त्री र मिस साइमोन्डस् एनएचएस म्याटर्निटीका लागि धन्यवाद दिन चाहन्छन्।'
    उनका पूर्व दुई पत्नीबाट चार सन्तान छन्। 

    कोरोना भाइरसको संक्रमणको उपचारपछि आराम गरिरहेका जोनसन सोमबारदेखि काममा फर्किएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार