Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५८ पुग्यो


    बुधबार, बैशाख १७ २०७७
    875
    Shares
  • १ मिनेट पाठ
  • वीरगञ्ज, १७ बैशाख । वीरगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विरगन्ज महानगरपालिकामा सफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

    आइतबार मात्र वीरगञ्ज ३ का सफाइ नाइकेमा कोरोना संक्रमणको पुष्टि भएको थियो । उनको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप एक जनामा संक्रमण भेटिएको हो ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ । जसमध्ये १६ जना निको भएर घर फर्किएका छन्  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार