Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेसँग वार्ताका लागि जसपाले कर्ण र शुक्ललाई खटायो 


    मंगलबार, फाल्गुन २५ २०७७
    500
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेपछि उसले विश्वासको मत लिनुपर्ने भएको छ । सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी अलग अलग पार्टीका रुपमा पुनस्र्थापित भएका छन् । माओवादी केन्द्र अलग हुनासाथ ओली सरकार अल्पमतमा परेको छ ।

    प्रधानमन्त्री ओलीले बहुमत पुर्याउनका लागि जनता समाजवादी पार्टी लगायतका दलहरुसँग परामर्श थालेका छन् । जनता समाजवादी पार्टीले एमालेसँग वार्ताका लागि सांसद लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई खटाएका छन् । एमालेले सुवास नेम्वाङ र बिष्णु पौडेललाई जसपासँग वार्ताका लागि तोकेको छ । जसपाले टीकापुर हत्याकाण्डमा थुनामा रहेका रेशम चौधरीका मुद्दा फिर्ता लिनेलगायत विषय उठाएको छ । चौधरी अदालतको आदेशमा थुनामा छन् ।

    जसपासँग ३४ सांसद रहेकोमा हरिनारायण रौनियारलाई भ्रष्टाचार मुद्दा लागेकाले निलम्बित छन् भने रेशम चौधरी टीकापुर काण्डमा जेलमा भएकाले ३२ सांसदले मात्र मत दिन पाउनेछन् । ओली सरकारलाई एमालेको १२० सांसद भएकाले १८ सांसदको समर्थन आवश्यक पर्छ । जसपासँग सहमति भएमा ओली सरकारको पक्षमा १५२ सांसदको बहुमत हुनेछ । १३८ सांसद भए सरकार बनाउन बहुमत पुग्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार