Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालको सिंगापुरमाथि २१७ रनको जित 


    शुक्रबार, असार २० २०७६
    760
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २० असार । नेपालले यु १९ एसिया कप छनोट क्रिकेटमा सिंगापुरमाथि २ सय १७ रनको जित हात पारेको छ ।  नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९.१ ओभरमा १ सय ९ रनमा अलआउट भएको हो ।

    पूर्वी क्षेत्रीय छनोटको खेलमा नेपालका लागि कुशल मल्लले चार विकेट लिए । यस्तै तिलक राज भण्डारीले दुई साथै सागर ढकाल र रसिद खानले एक÷एक विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेल्दै ३ सय २६ रन बनाएको थियो । नेपालका लागि रित गौतमले १३७ बलमा ११५ रन, पवन सर्राफले ४१ बलमा ४५ रन, खडक बहादुर बोहराले ९० बलमा ९० रन सातै कुशल मल्लले २३ बलमा ५१ रन बनाएका थिए ।

    यसअघि बुधबार पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो । योसँगै समूहको शीर्ष स्थानमा रहेको नेपालले अर्को समूहको उपविजेतासँग सेमीफाइनल खेल्नेछ ।

    समूह बी मा मलेसिया, भुटान, हङकङ र थाइल्याण्ड रहेका छन् । प्रतियोगिताको विजेताले अगस्ट २८ देखि श्रीलंकामा हुने यु १९ एसिया कप खेल्न पाउने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार